पाँच बर्षपछि सेती नदीमा मोटरेबल पुल, सेतीपारी संग यातायात सम्बन्ध जोडियो

Image

बझाङ : बझाङ सदरमुकाम चैनपुरस्थित सेती नदीमा क्रस मोटरेबल पुलको निमार्ण कार्य सकिएको छ । झन्डै ८ करोड रुपैयाँको लागतमा निर्माण भएको ७० मिटर लम्बाईको पानकोट मक्रस मोटरेवल पुल को निमार्णकार्य सम्पन्न भएको निमार्ण कम्पनि इलाइट कन्स्ट्रक्सनले जनाएको छ । यो संगै पानकोट क्रस मोटरेवल पुल सेती नदीमा बनेकोे पहिलो भएको छ । हाल जिल्लामा सेती नदीमा अन्य चार वटा पुलहरु निमार्णधिन अवस्थामा छन । गएको वैशाखमा सम्पन्न गर्ने गरी २०७५ चैतमा उक्त पुल निमार्णका लागी इलाइट कन्स्ट्रक्सन संग सम्झौता भएको थियो । कोरोना माहामारीका कारण समान ढुवानी गर्न नसक्दा निर्धारित समयमा पुल निमार्ण हुन नसकिएको निर्माण कम्पनिका प्रतिनिधि कपिल राईले बताए । पुलको निमार्ण कार्य सकिए संगै पाँच बर्षपछि सेतीपारीका स्थानिय तह र छिमेकी जिल्ला बाजुरा संग यातायात संजाल जोडिएको छ ।

                                                                        सदरमुकाम चैनपुरमा निमार्ण सम्पन्न भएको पानकोट क्रस मोटरेवल पुल ।

नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा सुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । सेती नदी पारी रहेका स्थानिय तह लाई जोडने गरि झण्डै ७ करोडको लागतमा निलगिरी र जागृती निमार्ण सेवाले संयुक्तरुपमा पुल निमार्णको जिम्मा लिएका थिए । पुल निमार्णका क्रममा नदीमा बीचको पिल्लरका लागि खाल्डो खन्दा ढुंगा लागेको भन्दै निमार्ण कम्पनिले काम गर्न नसक्ने जनाएको थियो । डिजाईन ईस्टमेटमा त्रुटि भएका कारण पुल निमार्ण गर्न नसकिने भन्दै निमार्ण कम्पनिले हात झिके पछि २०७५ मा ईस्टमेट परिवर्तन गरी पुनः टेन्डर भई निमार्ण कार्य सुरु भएको थियो ।

यस पुलको निमार्ण कार्य सम्पन्न भएसंगै बझाङको सेतीपारिका तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाँउपालिका र जयपृथ्वी नगरपालिकाबासीलाई सहज भएको छ । पुल निमार्ण सम्पन्न भए संगै आफुहरुलाइृ धेरै सहज भएकोे स्थानीय नरेन्द्र उपाध्यायले बताए । उनले भने सेती पारीका स्थानिय तहहरुमा सडक संजालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधनहरु बारपार गर्न सकेका थिएनन । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठेपुल राखेर यातायातका साधनहरूले ओहोरदोहोर गरे पनि जेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको थियो । अब सबै झन्झट हटेको छ । पुल निमार्ण भएसंगै सेती नदी पारि रहेका स्थानीयवासीलाई आवतजावतमा सहज हुनाका साथै गाउँघरमा उत्पादन गरिएका कृषिजन्यबस्तु लाई बजारसम्म पु¥याउन र अन्य निर्माणका सामग्री गाँउ सम्म ढुवानी गर्नसमेत सजिलो भएको उको भनाई छ ।

चार पक्की पुलको निमार्ण कार्य कछुवा गतिमा

ठेकेदारको लापरवाहिका कारण पक्की पुलको निमार्ण कार्य अलपत्र परे पछि बझाङका अधिकांस स्थानिय तह काठेपुलकै भरमा छन् । ठेक्का लिने र समयमा काम नगरि ढिला सुस्ती गर्ने प्रवृतिका कारण पुल निमार्णको काम समयमै सम्पन्न हुन सकेको छैन । सेती पारीका स्थानिय तह तथा छिमेकी जिल्ला बाजुरा, अछाम र डोटी लाई सडक संजाल संग जोडने पक्की पुल निमार्णको समयावधि सकिदा पनि बन्न सकेका छैनन । पक्की पुल निमार्ण नभए पछि सेती पारीका स्थानिय तह जोडन हिँउदमा सेती नदीमा काठको पुल बनाई यातायात संचालनमा ल्याउने गरेका छन ।

                                                                तल्कोट गाँउपालिका जोडन निमार्ण गरिएको अस्थायी काठेपुल ।

खप्तडछान्ना गाँउपालिका लाई यातायात संजाल संग जोडन तमैलमा २४ वटा हुम पाइप राखेर अस्थायी पुल निमार्ण गरि संचालनमा आएको छ । खप्तडछान्ना गाँउपालिका वडा नं ३ दारुगाउँका युवा तथा ठेकेदार सिद्धराज खड्काले मंसिरको पहिलो साता करिब २३ लाखको लगानीमा अस्थायी पुल निमार्ण गरेका हुन् । पुल बने पछि सेतीपारीका खप्तडछान्ना र थलारा गाउँपालिकाका साथै बाजुरा जिल्लाका स्थानीयलाई राहत भएको छ । यस्तै तल्कोट गाँउपालिकाको देवसैनमा पनि अस्थायी काठे पुल निमार्ण गरिएको छ । गाँउपालिकालाई जिल्ला सदरमुकाम संग जोडन स्थानिय तहले अस्थायी काठेपुल निमार्ण गरेको हो ।

                                                                         खप्तडछान्ना गाँउपालिका जोडन तमैलमा निमार्ण गरिएको अस्थायी पुल ।

ठेक्का लिने तर निमार्ण कार्यमा लापरवाहि गर्ने गरेका कारण बझाङमा निमार्णधिन पक्की पुलको निमार्ण कार्य अलपत्र परेको छ । निमार्ण कम्पनिले ठेक्का लिने तर समयमा निमार्ण नगरी राजनैतिक शक्तिको आडमा म्याद थपाई निमार्ण कार्य अलपत्र पार्ने गरेको स्थानियहरुको भनाई छ । ठेक्का लिने तर काम नगर्ने प्रवृतिले गर्दा विकासका योजना आए पनि आफुहरुले सुविधा पाउन नसकेको खप्तड छान्ना गाँउपालिकाका रमानन्द जोशीको भनाई छ । तमैलमा निमार्ण हुन लागेको पक्की पुल, थलारा गाँउपालिकाको झनाना बजार नजिकैको पक्की पुल, तल्कोट गाँउपालिकाको देवसैन पुल र केदारस्युँ गाँउपालिकाको नारुगौडामा बन्न लागेको पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् । तमैलमा निर्माणाधिन पुलको पनि गएको पुस महिनामा सम्झौता अवधि सकिएको छ । तीन वर्ष्भित्र सम्पन्न गर्ने शर्तमा के एच कन्ट्क्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने गरि ठेक्का पाएको थियो । निमार्ण कार्यको समायावधि सकिदा पनि बझाङको सेती नदीमा निमार्णधिन पुलको निमार्ण कार्य सम्पन्न भएको छैन ।

                                                                               थलारा गाँउपालिका जोडने झनाना बजारमरा निमार्णाधिन पुल ।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन