बझाङ: कोरोना संक्रमण दर बढिरहेको बेला केहि अस्पतालले पुरानै रबैया देखाउन थालेका छन् । अस्पतालमा भर्ना भएका गम्भीर प्रकृतिका तर निको हुने विरामीलाई पनि अस्पतालले कोभिडको बहानामा भर्ना गर्न मानेका छैनन् । नयाँ बर्षका दिन घर नजिकै लडेर टाउकोमा चोट लागेपछि उपचारका लागी कोहलपुर मेडिकल कलेज पुगेका बझाङको मष्टा गाँउपालिका १ का कृष्ण रोकाया उपचार नपाएरै बझाङ फर्केका छन । भित्रि टाउकोमा गम्भीर चोट लागेका ५६ वर्षीय रोकायालाई उपचारका लागी तत्कालै जिल्ला अस्पताल बझाङ ल्याईएको थियो । टाउकोमा गम्भीर चोट लागेकोले जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभए पछि थप उपचारका लागी धनगडी रिफर गरिएको थियो ।
धनगडी स्थित माया मेट्रोले हस्पिटलले पनि उपचार गर्न नसक्ने जनाएपछि रोकायालाई नेपालगञ्ज मेडिकल कलेज लगिएको छोरा प्रयाग रोकायाले बताए । उनले भने बुबाको थप उपचारका लागी नेपालगञ्ज लगेको थिए । बेड भर्ना गर्दा कोरोना परिक्षण गरे । विना लक्षण बुबामा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले भर्ना गर्न मानेन । बुबालाई बचाउन बझाङ देखि हतार हतार मेडिकल कलेज पुगे । विरामीको अवस्था झन झन दयनिय बन्दै गयो । उपचार गरिदिनुस भन्दा वास्तै गरेनन् । एकछिनमा आएर हामी बेड भर्ना गर्न सक्दैनौ घर लैजानुस भने । आफु अनय अस्पताल लैजान पैसा पनि थिएन । एउटा भाईलाई पैसाको व्यवस्था गरिदिन आग्रह गरे पछि त्यहाँबाट ३८ हजारमा एम्बुलेन्स भाडा तिरेर बझाङ ल्याए । अरु विरामीको उपचार गर्न पुगेका धेरै जनालाइ मेडिकल कलेजले कोरोना संक्रमण देखिए पछि भर्ना गर्न नमान्ने गरेको उनको भनाई छ ।
अहिले रोकायालाई जिल्ला अस्पताल बझाङमा भर्ना गरिएको छ । उनको कम्मर भन्दा तलको भाग नचल्ने अवस्थामा पुगेको विरामीका आफन्त रामचन्द्र रोकायाले बताए । उनले भने विरामी बचाउनका लागी त्यत्रो खर्च गरेरकोरोना देखिनासाथ अस्पतालले विरामी भर्ना गर्न नमान्नु अस्पतालको लापरवाहि हो । विरामीको ज्यान जोगिन ठाँउमा विरामीले मर्नु पर्ने स्थिति आएको छ । विरामीलाई उपचार गर्दै अस्पतालले गुणस्तरिय सेवाको दिनुपर्नेमा उल्टै लखेटने काम गर्नु अस्पतालको ठुलो गल्ति भएको उनको भनाई छ ।