बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु
बझाङ : बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडानम्बर ६ का ४८ बषिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रसन नारायण जोशीले जानकारी दिएका छन् । संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो । संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहोलपुर लैैजादै गर्दा बाटोमै मृत्यु भएको समेत जोशीले बताएका छन् ।