बझाङ: नेत्रविक्रम चन्द्र विप्लव समुहका जिल्ला कमिटी सदस्य जोग बहादुर कठायत जेल बाट छुटेका छन । कठायतलाई जिल्ला अदालत बझाङले चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो । सरकार संग विप्लव समुहको तिनबुँदे सहमति भएपनि बझाङमा पक्राउ परेका विप्लवका कार्यकर्ता छुटेका थिएनन । जिल्ला कारागार बझाङमा विप्लव समुहका ५ जना कार्यक्रता रहेका थिए । यसअघि चैत महिनामा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी जेल मुक्त भएका थिए । बुधबार जिल्ला कमिटी सदस्य जोग बहादुर कठायत पनि जेल मुक्त भएसंगै बझाङमा दुई जना विप्लवका कार्यकर्ता जेल मुक्त भएका छन भने, ३ जना अझै जेलमै रहेका छन ।
प्रहरीले कठायतलाई २०७७ मङ्सिर २७ गते धनगढीबाट प्रकाउ गरेको थियो । विप्लव समुहका कार्यक्रताहरुले कठायतलाई अविरमाला, बाजा सहित सदरमुकाम चैनपुर परिक्रमा गराएका छन । उनीहरुले सदरमुकाम चैनपुरको लोकतान्त्रीक चोकमा कोण सभामा समेत गरेका छन । सभामा बोल्दै, कठायतले सरकारले वार्तामा भएका हरेक सहमतीका बुँदा अक्षरस कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरे । आफ्ना सहकर्मीहरुलाइ जेल्मुक्तm गर्नु पर्ने र नगरेमा फेरी क्रान्तिमा आफु मात्रै नभएर देशमा सबै जनताहरु लामबद्द भएर लाग्ने समेत कठायतले बताए ।