बझाङ : बझाङको केदारस्युँ गाउँपालिका ४ रुपैलस्थित कालंगा हाइड्रो नजिक कालंगा नदिमा बुधबार एक अज्ञात शव भेटिएको छ । कालो पाइन्ट र निलो ट्र्याकसुट लगाएको अन्दाजी ४०, ४५ वर्षका एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले बताउनुभयो । शव भेटिएपछि बझाङ र छिमेकी जिल्लाका सबै प्रहरी युनिटलाई खबर गरिएको छ ।
बझाङको बुंगल १० का एक जना र बैतडीका एक-एक जना केही दिनदेखि हराएकाले भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय घटनास्थल आउन लागेको निरिक्षक कार्कीले बताउनुभयो । स्थानीय आउने भएपछि जिल्ला अस्पताल ल्याउन लागिएको शव बाग्थलामा राखिएको छ । शव हत्या गरिएको हो या आत्म हत्या हो भन्ने बारे पोष्टमार्टमपछि थाहा हुने प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया जनाउनुहाेस्