मकरराज धामी बझाङ : आर्थिक वर्ष २०७०÷७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु ग¥यो । तत्कालिन समयमा जिल्लामा कृषि विकास बैक र राष्ट्रिय बाणिज्य बाहेक अन्य बैकहरु नभएको र आकर्षक ब्याज पाउने भएपछि वचतकर्ताहरु हुलाक बचत बैंक तर्फ आकर्षित भए । सेवा सुचारु भए संगै बचत बैकमा बचतकर्ताको भीड लाग्न थाल्यो । तर जिल्ला हुलाक कार्यालयका कर्मचारीले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताहरुलाई आफ्नो साँव गुम्ने चिन्ताले पिरोलि रहन्छ । आर्कषक व्याज सहित कारोवारमा सहयोग पुग्ने आशाले हुलाक बचत बैंकमा बचत गर्ने १ हजार ७ सय १ जनाको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ गुम्ने अवस्था आएको छ ।
जयपृथ्वी नगरपालिका ७ सुवेडाकी महेश्वरी बम्म हप्ता दिन विराएर जिल्ला हुलाक कार्यालय पुग्ने गर्छिन । हुलाकका कर्मचारी संगै उनको एउटै प्रश्न हुन्छ हामीले रुपैया कहिले पाउने । सधै जसो कर्मचारीको एउटै जवाफ हुन्छ पैसा आएको छैन । हुलाक बचत बैंकमा उनले साढे सात लाख रुपैयाँ जम्मा गरेकि छन । उनी भन्छिन उ बेलामा अहिलेका जसो धेरै बैकहरु पनि थिएन् । अन्य बैंक भन्दा ब्याज पनि राम्रो पाइने भएपछि बचत गर्न थालियो । अहिले आफ्नै धनले आफैंलाई दुःख दियो । सबैले हुलाकमा जम्मा गर्दा राम्रो हुन्छ भने । अहिले चिन्ताले निन्द्रा पनि लाग्न छोडेको छ । आफुले बचत गरेको रकम पनि फिर्ता हुदैनकि भन्ने चिन्ताले पिरोलीरहेको उनको भनाई छ ।
डडेलधुराको अमरगडी नगरपालिका ५ घर भएका शिवराज पन्त लामो समय देखि बझाङको सदरमुकाम चैनपुरमा होटल ब्यवसाय गर्दै आएका छन । होटल बाट भएको आम्दानी बाट बचेको पैसा उनले हुलाक बचत बैंकमा श्रीमती रिता पन्त र आफ्नो संयुक्तm खातामा जम्मा गर्दै आए । उनीहरुको दश लाख रकम हुलाक बचत बैकमा बचत छ । सोही बैंकमा उनले छोरी ममता पन्त र छोरा त्रिलोक पन्तको नाममा पनि हुलाक बचत खातामा १ लाख ७ हजार जम्मा छ । पन्त परिवारको मात्र हुलाक बचत बैंकमा ११ लाख रकम जम्मा छ । तर पन्त परिवारले आफ्नो बचत खाताबाट पैसा निकाल्न सकेको छैन । अहिले आफुले जम्मा गरेको साँवा पनि गुम्ने होकी भन्ने चिन्ताले सताईरहन्छ ।
उनीहरू जस्तै हुलाक बचत बैंकबाट पीडितहरु दैनिक जसो रकम फिर्ता माग्न कार्यालयमा आउने गरेका छन । बझाङ जिल्लाका होटल ब्यवसायी, महिला समुह, ब्यक्तिmगत गरी १ हजार ७ सय जना बचत कर्ताहरुले हुलाक बचत बैंकबाट आफ्नो कारोबार गर्न पाएका छैनन् । अधिकांश बचतकर्ता हिंसापीडित र न्यून आय भएका ग्रामीण महिला, ज्येष्ठ नागरिक तथा बालबालिका छन । उनीहरू दिनहुँ जसो हुलाक कार्यालय पुगेर आफूले जम्मा गरेको रकम कहिले आउँछ भनेर सोध्ने गरेको कार्यालयका एक कर्मचारी यज्ञराज खत्री बताउछन । उनले भने आफुले बचत गरेको रकम फिर्ता माग्न दिनमा आठ देखि दश जना सम्म आउछन । सेवाग्राहीलाई रित्तै फर्काउनु पर्दा मन दुखेर आँउछ । सेवाग्राहीलाई तपाईको बचत रकम गुम्दैन हामीले आवश्यक प्रक्रिया सुरु गरेका छौ भनेर सम्झाएर फर्काउँदा, फर्काउँदै थाकिसके । बचतकर्ताको पिडा सुन्दा सम्हालिनै गाह्रो हुन्छ । कर्मचारीले रकम हिनामिना गरे पनि बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व राज्यको भएकाले समयमै भुक्तानी गरिनु पर्ने उनको भनाई छ ।
कसरी भयो हुलाक बचत बैंकको रकम हिनामिना
हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेकै वर्ष करिब एक करोड भन्दा बढी रकम जम्मा भयो । बचतकर्ताहरु बढे संगै तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नजर बचतकर्ताको बचतमा पर्न थाल्यो । दुबै जना मिलेर कार्यालयको बचत किताबमा बचत कर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको हो । बैंकले सेवा सुरु गरेकै पहिलो बर्षमा उनीहरुले झण्डै ७५ लाख रुपैयाँ अपचलन गरेको देखिन्छ । बचतकर्ताले जम्मा गरेको रकम हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने भएपनि दुबै जना मिलेर व्यक्तिगत काममा चलाउदै आएका कारण रकम हिनामिना भएको जिल्ला हुलाक कार्यालय प्रमुख राजेन्द्र बोहराको भनाई छ ।
आर्थिक बर्ष २०७४÷०७५ सम्म आईपुग्दा बचतकर्ताले जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको पाइएको छ । उनीहरुले पैसा आफैंले राखेर बाहिरका मानिसहरु संग चर्को ब्याजमा लगाउने, घरजग्गा खरिद विक्रि गर्ने र बचतकर्ताहरु बचत फिर्ता वा ऋण माग्न बैकमा आए व्यक्तिगतरुपमा खल्तीबाटै दिएर बैंक चलाउने गर्दै आएका थिए । कार्यालय प्रमुख र खरिदारको यो चर्तिकला थाहा पाए पछि बचतकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारमा उजुरी परे पछि अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले हुलाकका कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायमाथी प्रारम्भिक छानबिनमा ग¥यो । छानविनका क्रममा उनीहरुले पारदर्शि तवरले खाता व्यवस्थापन नगरेको, दैनिक बैंकमा जम्मा गर्नुपर्ने रकम आफैले राखेर अपचलन गरेको र केन्द्रीय धरौटी खातामा जम्मा भएको रकमसमेत अपचलन गरेर उल्टै बचत बैंक घाटामा गएको विवरण पेस गरेको पाइएको थियो ।
पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले हुलाक कार्यालयका प्रमुख र खरिदार दुबै जनाले बचतकर्ताले जम्मा रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने ठाँउमा कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले व्यापक अनियमितता भएको प्रतिवेदन अख्तियारमा पेस गरी सो सम्बन्धमा थप छानबिन गरी कारबाहीे अघि बढाउन पत्र पठायो । प्रतिवेदनका आधारमा आयोगको टोली बझाङ पुग्यो । अख्तियारको टोलीले छानबिन गर्दा दुबै जनाले बचतकर्ताकोे ४ करोड ९५ लाख अनियमितता गरेको डहर गरी कार्यालय प्रमुख कठायत र खरिदार उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । मुद्धा दर्ता भएपछि विशेष अदालतले २०७६ माघ २४ मा दुबै जनालाई नियन्त्रणमा लियो । तर अदालतले एक महिना नपुग्दै फागुन १२ गते तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो । अहिले दुबै जनाको मुद्धा अदालतमा विचाराधीन छ । आरोपित धरौटीमा छुटेको एक बर्ष भन्दा बढी भयो । पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी लिएर छोडेकोे विशेष अदालतको निर्णयप्रति बचतकर्ताहरु सन्तुष्ट छैनन ।
कर्मचारीले रकम हिनामिना गरे पनि बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व राज्यको हो । बचतकर्ताको रकम फिर्ता बारे जिल्लाका मात्रै होइन केन्द्रीय कार्यालयका कर्मचारी पनि अन्योलमा छन । आफुले पटक पटक बचतकर्ताको रकम र तोकिएको ब्याजसहित फिर्ता गर्नुपर्छ भनेर माथिल्ला निकायमा अनुरोध गरिरहेको जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए । उनले भने २०७५ सालदेखि नै बचत बैंकको कारोबार अवरुद्ध भएकाले बचतकर्ता मर्कामा परेका छन । अहिले दैनिक जसो बचत फिर्ताका लागी कार्यालयमा आउने गरेका छन । हामी संग पैसा छैन । केन्द्रमा सम्पर्क गर्दा रकम फिर्ता गर्ने विषयमा हुलाक सेवा विभाग, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा लेखेर पठाएका छौं भन्ने उत्तर आउँछ । रकम कहिले आउने हो थाहा छैन । मैले बारम्बार सम्पर्क गर्ने गरेको छु । बचतकर्ताको रकम फिर्ता बारे कार्यविधि बनाएर जाने भन्ने कुरो भएको छ । दुई चार दिन भित्र विभागको टोली बझाङ आउदैछ । अब बचतकर्ताको समस्या छिट्टै समाधान हुने उनको भनाई छ ।