बझाङ : – बुङगल नगरपालिका ६ मा आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालयको आर्थिक सहयोग र ईन्टेल कम्प्युटर ईजुकेसनको प्राविधिक सहयोगमा १२ जना लाई आधारभुत तालिम दिईएको थियो । गाँउमै कम्प्युटर तालिम पाएकोमा आफुहरु खुसी भएको सहभागिहरुले बताएका छन । गाँउमा कम्प्युटर प्रशिक्षण केन्द्र नभएको र सदरमुकाम तथा शहर पसेर तालिम लिन सक्ने अवस्था नभएका लाई यो तालिमले सहजता दिलाएको सहभागि कमला बोहराले बताईन । गाँउमै यसरी तालिम पाएर कम्प्युटर सम्बन्धि ज्ञान पाउनु सौभाग्य भएको उनको भनाई छ ।
प्रविधिको विकास संग संगै सामान्य जागिरको लागि पनि कम्प्युटर शिक्षा अनिवार्य चाहिने भएकाले युवायुवतिहरुलाइृ लक्षित गरेर तालिम दिईएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख खडक बोहराले बताए । पछिल्लो समयमा लोकसेवा आयोग र स्थानियको माग अनुसार नै यो तालिम दिएको बोहराको भनाई छ ।
वदिलिदो परिबेसलाई मध्यनजर गर्दै घरेलु विकास कार्यालयले विभिन्न ठाँउहरुमा मोवाइल मर्मत, हाउस वाईरिङं, वर्कसप तालिम र हाते होजियारी सिलाई कटाई लगायतका तालिम दिदै आएको छ । यस्ता आत्म निर्रभर र आर्थिक समृद्धि हुने खालका कार्यक्रमहरु स्थानिय तहले समेत जोड दिई हामिले दिईका तालिम लगायत उधोग धन्दामा गरेमा मेशिन औजार को निगरनी गरि थप सहयो गरे कार्यक्रम प्रभावकारी हुने वरिष्ठ उधम विकास प्राविधिक दशरथ जप्रेलको भनाई छ ।