बझाङमा भाईरल ज्वरोका विरामी बढदै

Image

बझाङ: बझाङमा भाईरल ज्वरोको संक्रमण बढे संगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढदै गएको छ । सुरुवातमा विद्यार्थीहरुमा देखिएको भाईरल ज्वरो अहिले समुदायस्तरमा पनि देखिन थालेको छ । एक महिना अघि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय धुली र धलौन माध्यामिक विद्यालयका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको थियो । अहिले वित्थडचिर गाँउपालिका वडा नं ५ मा रहेको भुमीराज आधारभुत विद्यालयका विद्याथीहरुमा भाईरल ज्वरो देखा परेको छ । विधालयमा भाईरल ज्वरो फैलिए पछि पाँच दिनका लागी बिद्यालय बन्द गरिएको छ । विद्यालयमा मंगलबार देखि एक दुई जनामा देखिएको ज्वरो विहिबार सम्म सबै विध्यार्थीमा देखा परेको विद्यालयका शिक्षक रघुविर महरले बताए । उनले भने बिद्यार्थिमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयमा ३५ जनालाई एकै दिन यो लक्षण देखिए पछि बिद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर बिद्यालय बन्द गराएको महरले बताए । एक हप्ता अघि गाँउपालिकाकै सुनकुडा माद्यामिक विद्यालयमा पनि बिद्यालयमा बिद्यार्थिहरुमा पनि भाईरल ज्वरोको लक्षण देखा परेको थियो ।

बिद्यार्थिहरुमा पनि भाईरल ज्वरोको संक्रमण तिब्र रुपमा फैलिएपछि बिद्यालय बन्द गर्नु पर्ने अबस्था आएको वित्थडचिर गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक हरी अवस्थीले बताए । मौसममा आएको परिवर्तन संगै विद्यार्थीमात्र नभएर गाँउपालिकाको समुदायस्तरमा पनि ज्वरोका विरामी बढेका छन । उनले भने विद्यालयमा मात्र नभई ज्वरो समुदायस्तरमा पनि फैलिदै गएको छ । विदेशबाट घरफकर्नेक्रम बढेकाले कोभिडको संक्रमण होकि भन्ने शंकाले हामीले कोभिड परिक्षण पनि गरेका थियौ । परिक्षण गरेका सबैमा कोभिड नेगेटिभ आएको छ । एउटै टोलमा दश जना भन्दा बढीमा समस्या देखिएकाले समुदायस्तरमा त्रास फैलिएको उनको भनाई छ । अहिले जिल्ला अस्पतालमा बढी जसो भाईरल ज्वरो संगै, मौसमी रुघाखोकी र झाडापखालाका विरामीहरु आउने गरेकोे जिल्ला अस्पताल बझाङका डा. मिलन खडकाले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन