जनगणनाको तयारी: बझाङमा जिल्ला जनगणना कार्यालय स्थापना

 बझाङ । जनगणनाको तयारीका लागि बझाङमा कार्यालय स्थापना भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । जिल्लामा जनगणना २०७८ का लागि ३६० जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा ८४ सुपरीवेक्षक र २७६ जना गणक परिचालन हुने तथा जिल्लाको भुगोल अनुसार थप पनी हुन सक्ने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताउनु भयो ।

सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । सुपरीवेक्षकले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन ।

गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन । यस वर्ष जनगणनामा मुख्य प्रश्नावली ३ वटा र ३७ वटा महल सम्म प्रश्न समावेश गरिने भएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । जिल्लामा मुख्य कार्यालय गरी ४ ठाउँमा इलाका कार्यालय स्थापना हुने भएको छ ।

जसमा जिल्ला जनगणना कार्यालय चैनपुर अन्र्तगत जयपृथ्वी नगरपालिका , खप्तडछान्ना , मष्टा ,छविस र सुर्मा गाउँपालिकालाइ हेर्ने भएको छ भने, केदारस्युँ गाउँपालिका अन्र्तगत रहेको कार्यालयले केदारस्युँ , र्दुगाथली र थलारा गाउँपालिकालाइ हेर्ने र तलकोट गाउँपालिका अन्र्तगत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्ने भएको छ ।

भने, बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचिर गाउँपालिका हेर्ने भएको छ । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र निमार्ण गरिने भएको छ ।

साथै २०७८ को जनगणनामा विगतको प्रश्नावली भन्दा यो जनगणनामा वडामा गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोधिने र जसमा वडा ,गाउँटोल नाम , मुख्य र गैर कृर्षि उपज , वडाको राजश्व स्रोत , जातजाती , मातृ भाषा , आर्थिक पुर्वाधार र विपदको अवस्था र बर्षभरी विपदका कारण मृत्यु भएका र वालिनाली क्षेति भएको लगाएतका प्रश्नावलीहरु समेत समेटिएको जिल्ला जनगणना अधिकारी धामीले बताउनु भयो । जनगणनालाइ सफल बनाउनका लागी स्थानिय जनप्रर्तिनिधी , पत्रकार लगाएत आम नागरिकको महत्वपुर्ण भुमिका रहने भएकाले यसमा सहयोग गर्नका लागी समेत सबैमा आग्रह गर्नु भएको छ ।

साथै मंङ्गलबार एक कार्याक्रमका विच प्रमुख जिल्ला अधिकारीले कार्यालयको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला जनगणना समन्वय समिती संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले गणनामा खटिने सुपरीवेक्षक र गणकहरुको सुरक्षा व्यवस्था अनुगमन व्यवस्थापन संगै यो राष्टिय अभियान भएकाले यसमा सबैले सहभागी भै राज्यलाइ सहि तथ्याङ्क उपलब्ध गराउन र गणनालाइ सफल बनाउन जिल्लाबासीको समेत महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

Hohel Kananga
Loading...