जेनरेटरबाट सेतीको पानी तानेर तल्कोटको भाँटगाउमा तरकारी खेती

Image

तरुणा जोशी, बझाङ:- बझाङ जिल्लाको तलकोट गाउँपालिका वडा नम्बर १ भाटगाउँका किसानहरु जेनरेटरबाट सेतीको पानी तानेर तरकारी खेती गर्न पाएपछि खुसी भएका छन् । तालकोट भाँडसैनका स्थानीयवासी जेनरेटरबाट पानी तान्ने प्रविधि प्रयोग गर्न पाएपछि तरकारी खेतीमा हौसिएका छन् ।

यहाँ पानीको अभावमा बर्षौदेखि बाँझो र सुख्खा रहेका जमिनमा अहिले तरकारी र फलफुलका बोटविरुवाहरु लगाउन थालिएका छन् । कृषि ज्ञान केन्द्र बझाङले पानी तान्ने जेनरेटरको व्यवस्था गरिदिएपछि गाउँलेले तरकारी खेतीका लागि सहजरुपमा पानी पाएका हुन् । कृषि ज्ञान केन्द्र बझाङले भाँडसैनमा सिंचाइको अभावमा गहुँवाली सुकेको थाहा पाएपछी जेनरेटरको माध्यामबाट सेतीनदीको पानी तानेर सिंचाइ गर्ने बतावरण मिलाइ दिएको हो ।

तलकोट गाउँपालिकाले तपोवनसम्म जानको लागी सडक बनाउँदा भत्किएको नहरलाई करिब ३ बर्षसम्म कसैले बनाउन तथा पुननिर्माणमा चासो नदिँदा भाटगाउँको करिब २८ हेक्टर क्षेत्रफल रहेको खेतियोग्य जमिनमा बर्ष भरी एउटै खेतिमात्र लगाउने गरेको भुमिदेव कृषि समुहका अध्यक्ष धनलक्ष्मी कुँवरले बताइन । गाउँमा पानी पुगेपछि भाँडगाउँका स्थानीयहरुलाई कृषि ज्ञान केन्द्रबाट २० हजार फलफुल र तरकारीका बोटविरुवा निशुल्क उपलब्ध गराएको छ । आवश्यकता अनुसार अझै विरुवाहरु दिइने कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए ।

साथै ज्ञान केन्द्रले सिंचाइका लागी रिजर्व ट्याङ्की, ३ स्थानका लागि १ हजार लिटरको ड्रम र २५ थान बोटविरुवामा पानी हाल्नको लागी हजारीसमेत वितरण गरेको छ । ज्ञान केन्द्रले गाउँमा तरकारी तथा फलफुल उत्पादन गरिसकेपछी एउटा संकलन केन्द्र स्थापना गरिदिने बताएको छ । स्थानीयले राम्रो संग तरकारी खेती र फलफुल खेती गरेमा यसबाट स्थानीयको स्वास्थ्य अवस्था, जिविको पार्जन र स्थानीयको आर्थिक अवस्था तथा पोषणमा सुधार हुने विस्वास लिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्