सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा खड्का निर्वाचित

बझाङः सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व अध्यक्ष जगत खड्का निर्वाचित भएका छन । विगत २० बर्ष देखि पत्रकारीता क्षेत्रमा सक्रिय खडका रेडियो बझाङ ९१ मेघाहर्ज, रेडियो सेरोफेरो ९०.२ मेघाहर्जका अध्यक्ष तथा नागरिक दैनिक बझाङका जिल्ला सम्वादाता हुन ।

आफुले प्रदेशको महत्वपुर्ण जिम्मेवारी पाएकाले अव सामुदायिक रेडियोको स्तर बृद्धिका लागि विशेष पहल गर्ने खडकाको भनाई छ । उनले भने सामुदायिक रेडियोले समुदायका प्रत्येक व्यक्ति, समूह र समुदायलाई आआफना कथा सुनाउन, अनुभव आदानप्रदान गर्न देशका हरेक कुनामा बसोवास गर्ने जनतालाई सूचना पहुँच वृद्धि गरी रचनात्मक योगदान दिएको छ ।

अव प्रदेश अन्र्तगतका सामुदायिक रेडियाहरुलाई नयाँ ढंग बाट संचालन गर्न रेडियो संचालकहरु संग छलफल गरिन्छ । सामुदायिक रेडियोहरु स्थानीय जनताको पहलमा सञ्चालन गरिएका कारण एक जनहितकारी संस्था हो । ग्रामीण जनताका विशिष्ठ प्रकारका लक्ष्य प्राप्त गर्न नयाँ संरचनामा आधारित भएर अघि बढने उनको भनाई छ ।

Bungal Purai
Bithadchir 2
Loading...