बझाङमा नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेको साईनबोर्ड टाँगियो

Image

बझाङ:- दुई ठुला कम्युनिष्ट एकिकरण पछि बनेको नेकपाको पार्टी कार्यालय बझाङमा एमालेको साईनबोर्ड टाँगिएको छ । नेकपाको नामाकरण विवाद पछि सर्वोच्च अदालतले पुर्व एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि बझाङमा एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।

नेकपा एमालेको केद्रिय कार्यालय धुम्बाराही बाट आज देशभरको पार्टी कार्यालयहरूमा एमालेको साईनबोर्ड राख्न निर्देशन दिए सँगै बझाङमा पनि एमालेको ब्यानर राखिएको हो।

नेकपा एमालेका तत्कालिन जिल्ला अध्यक्ष दिल बहादुर सिहको नेतृत्वमा नेकपा एमालेका जिल्लास्तरका नेता तथा भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा साईनबोर्ड टाँगिएको नेकपा एमालेले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्