बझाङ :- घरेलु तथा साना उद्योग विकास समिति बझाङले युवालाई आत्मनिर्भर बनाउन बुंगल नगरपालिकामा २ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ । बुंगल नगरपालिकाकाे वडा न –६ मा महिलालाई लक्षित गरि तालिम सञ्चालन गरिएको छ । यो समयमा कम्प्युटर सीपको धेरै आवश्यक र माग भएका बेला घरेलु कार्यालयले तालिम दिँदा आफुलाई खुसी लागेको तालिममा सहभागी रिता भण्डारीले बताइन् । उनले भनिन् प्रविधिले फडकाे मारेकाे बेला कम्प्युटरकाे ज्ञान आवश्यक छ । नजिकै प्रशिक्षण केन्द्र छैन । याे तालिममा सहभागि हुन पाउँदा खुसी छु । यस्तै जिल्लाकाे थलारा गाउँपालिकामा ४५ दिने मोबाइल मर्मत तालिम सञ्चालन गरेको छ । थलारा गाउँपालिका वडा न –५ मा बेरोजगार युवायुवतीलाई लक्षित गरि मोबाइल मर्मत तालिममा सचालन गरिएकाे हाे । घरेलु कार्यालयले यसअघि पनि आत्मर्निभर भई स्वरोजगार हुने खालका विभिन्न सीप उद्यम विकास तालिम दिँदै आएको घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले बताए । दुबै स्थानिय तहमा सचालन गरिएकाे तालिममा २४ जना सहभागी छन् ।
बुगल र थलारामा आत्मनिर्भर बनाउन कम्प्युटर प्रशिक्षण तथा माेवाईल मर्मत तालिम सचालन
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन