बझाङमा मोटरेवल पुलको सामान ओसार्दा चिप्लिएर ४ जना घाइते

बझाङ बझाङको पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्दा पुलबाट चिप्लिएर चार जना घाइते भएका छन् । घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका ११ बस्ने बर्ष २० का उदय चौधरी , सोहि ठाउँका बर्ष २४ का देवानन्द चौधरी , जितपुर नगरपालिका वडानम्बर १३ का बर्ष २४ का बसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष २१ का दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डियसपी रुपक खड्काले बताउनु भयो ।

देवानन्द चौधरी र बसन्त चौधरीको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगडी रेफर गरिएको र अन्य दुईजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दिप ओखेडाले बताउनु भयो ।

बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेतिपारिका अन्य गाउँपालिकाहरुलाइ जोड्नको लागी र्निमाण भैरहेको पानकोटको मोटरेवल पुलको लागी प्रयोग हुने चेन तथा अन्य कच्चा पदार्थ ओसार पसार गर्दा मंङ्गलबार दिउँसो उनिहरु चिप्लिएर घाइते भएको निर्माण कम्पनीका प्रतिनिधीहरुले जानकारी दिएका छन् । पुल निर्माणको काम भने अन्तिम चरणमा रहेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...