नेपाल कम्युनिष्ट पाटी (नेकपा) बझाङको पाटी कार्यालयमा ओली पक्षले लगायो ताला

Image

सत्यराज सिंह, बझाङ प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले सदरमुकाम चैनपुरको पानकोट स्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन् । आइतबार पार्टी कार्यालय पुगेका ओली पक्षका कार्यक्रताले कार्यालयमा गुट चलाएको आरोप लगाउदै ताला लगाएका छन । साविकको एमालेको पार्टी कार्यालय रहेको भवन लाइ कुनै एक पक्षले गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले जानकारी दिनु भयो ।

देशको वर्तमान सन्र्दभमा नेपाल कम्युनिष्ट पार्टीनेकपाको एकता निकै जटिल र गम्भीर मोडमा पुगिसकेको यथार्थका बीच केहि दिनदेखी निरन्तर रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा बझाङको पार्टी कार्यालयमा एकतर्फी गुटका छलफल लगाएत टुटफुटका गतिविधिमा सिङ्गो पार्टी कार्यालय प्रयोग भइ रहेको हुँदा तालाबन्दि गरेको ओली पक्षका नेता कार्यक्रताले जानकारी दिएका छन ।

आइतबार पार्टी कार्यालयमा तालाबन्दि गर्दै ओली पक्षले न्यायलयबाट फैसला नहुन्जेल सम्म ताला नखोलीने र जिल्लामा रहेका नेता कार्यक्रताहरुलाइ कुनै पनी गुट विशेष कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन । ताला बन्दिमा अनेरास्ववियूका बझाङ जिल्ला संयोजक, पाटीका नेता तथा कार्यक्रताहरुरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन