सुदुरपिश्चम प्रदेश सरकार स‌कटमा मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै ‘१८ सांसदको हस्ताक्षर’

Image

धनगढीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रदेशसभाका सदस्यहरुले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका बेला प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री विरुद्व हस्ताक्षर अभियान चलाएको स्रोतले बताएकाे छ । यस अघि प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम सरकार सुरक्षित रहेको दाबी गर्दै आएका थिए । यता मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने हस्ताक्षर अभियान चलेको कुरा सुनिए पनि तथ्यपरक नभएको बताउछन् ।

मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर प्रदेशसभा सदस्यहरु असन्तुष्टि व्यक्त गर्दै आएका छन् । अहिलेसम्म १८ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरिसकेकाे र हस्ताक्षर गर्ने क्रम जारी रहेकाे स्राेतकाे भनाई छ। नेकपाकाे केन्द्रिए कमिटिकाे विवाद बढदै गए पछि प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएका छन । सुदुरपश्चिम प्रदेशकाे प्रदेश सभामा  प्रचण्ड–नेपाल समूह बलियो भनिए पनि यो समुह भित्रै पर्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीसँग असन्तुष्ट रहेको खुल्नमा आएकाे छ ।  पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको अगुवाइमा हस्ताक्षर भइरहेको बताईए पनि आफूलाई सो विषयमा जानकारी नै नभएको साेडारीकाे भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन