बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाईते

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको मेलौली नगरपालिका –९ असुरपाबाट मेलौली तर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा परी ट्याक्टरमा सवार रहेका मेलौली नगरपालिका–९ का ३२ बर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ बर्षीय नारायण भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिउ। डीएसपी अधिकारीका अनुसार ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको छ भने चालक अम्रित चौधरी समान्य घाइते भएका छन्। घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...