बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चाललकाे मृत्यु

बैतडी: बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा बिहान पौने ९ बजे सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हो । दुर्घटनामा परि दोगडाकेदार गाउँपालिका ८ का ट्याक्टर चालक २६ वर्षीय नरेश बहादुर विष्टकाे घटनास्थलमै मृत्यु भएकाे  खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक मोती बमले जानकारी दिए । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जादैं गरेको ट्याक्टर सडकबाट चिप्लेको  प्रहरीले जनाएको छ । उक्त ट्याक्टरमा अन्य ४ जना पनि सवार रहेका भएपनि उनीहरुले सकुसल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाईएको छ ।

Samajik
Bithadchir 2
Loading...