सामुदायमा कोरोना संक्रमण बढेपछि बुङ्गल नगरपालिका भित्रका बिद्यालय फेरी बन्द हुन थाले

बझाङ;- सामुदायस्तरमा कोरोना संक्रमण बढेपछि नगरपालिका भित्रका बिद्यालय फेरी बन्द हुन थालेका छन् । समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै कोरोना प्रभावित क्षेत्रका सञ्चालित बिद्यालयमा शिक्षण सिकाई क्रियाकलाप बन्द गरिएको बुङ्गल नगरपालिका स्वस्थ्य शाखा संयोजक धनकृष्ण रेक्मीले बताए ।

पछिल्लो समय बुङ्गल नगरपालिकाले कार्तिक १७ गतेदेखि नगरका सम्पूर्ण विद्यालयमा शिक्षण सिकाईको कार्य सञ्चालन गरेको थियो । बुङ्गल नगरपालीकाको वडा नं ४,६ र ८का ६ जनामा कोरोना संक्रमण पुष्टी भए पछि स्वरस्वति माध्यामिक बिद्यालय बिजगडा,शारदा आधारभूत विद्यालय खिरातडी,कन्या माध्यामिक विद्यालय बटुलसेरा, महेन्द्र आधारभूत विद्यालय,कफलसेरी आधारभूत कफलसेरी लगायत कोरोना प्रभावित क्षेत्रका अन्य सात वटा बिद्यालयहरु अर्को सुचना जारी नहुन्जेल सम्मको लागि नगरपालिकाको शिक्षा शाखालाई जानकारी दिई बिद्यालय बन्द गरेको सम्बन्धित विद्यालयहरुले जानकारी दिए ।  यस्तो अवस्थामा विद्यालय खोले थप जोखिम हुन सक्ने भन्दै विद्यालयहरु बन्द गरीएको हो। नगरपालिका भित्रका विद्यालयमा कक्षा ११ को परीक्षा भने मंसिर ८ गतेसम्म संचालन भईहेकोछ । त्यस्तै मंसिर ०९ गतेबाट हुने १२ को परीक्षाको भने संञ्चालनकको तयारी भइरहेको छ । पठन पाठन बन्द गरे पनि विद्यालयको दैनिक प्रशासनिक कार्य भने सञ्चालन गर्न दिने निर्णय भएको छ । बुङ्गल नगरपालिकाकै पनि कारोना प्रभाबित ठाँउ बाहीरकको विद्यालय भने सञ्चालन भइरहेका छन । बुङ्गल नगरपालिकाका शिक्षा शाखा प्रमुख रेक्मीले भने जोखिम आँकलन गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिइसकेको बताए। उहाँले भने विद्यालयहरुलाई अवस्था हेरेर मात्रै सञ्चालन गर्न सर्कुलर जारी गरेका छौं ।

Loading...