तराईका मजदुरहरु कामको खोजिमा पहाडतिर उक्लदै

Image

डडेल्धुरा कोरोना भाइरसका कारण मजदुरी गुमाएका तराईका मजदुरहरु कामको खोजिमा पहाडतिर उक्लिएका छन् । सुदुरपश्चिमका तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरमा कोरोना रोगकाका कारण नियमित रुपमा मजदुरी नपाईने भएपछि मजदुरी गर्न पहाडी जिल्ला डडेल्धुरा आएको कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका २ बाणीका ४५ वर्षीय तेजराम चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो तराईमा काठ चिर्ने,पसलहरुको सामाग्री ढुवानी गर्नुका साथै मिस्त्री काम गर्दै आएको थिए तर कोरोना भाईरसका कारण ति कामहरु पाउन मुस्किल भएपछि काम खोज्दै डडेल्धुरा आएका हौँ । कष्णपुर २ बाणीका तेजराम चौधरीका श्रीमानश्रीमति सहित उक्त गाउँका २५ जना बेरोजगार मजदुरहरु अहिले डडेल्धुरा जिल्लामा आएर मजदुरी गरिरहेका छन् ।

तराईका जिल्लाहरुमा मजदुरी गर्दा दैनिक ६ सय रुपिँया ज्यालामा काम गरिन्थ्यो कोरोनाका कारण काम नपाईने भएपछि घर छोडेर पहाडमा आएर ज्यालादारी गर्नु परेको तजराम चौधरीकी श्रीमति सूस्मा देवी चौधरीले बताउनुभयो ।
तराईमा हप्तामा २÷३ दिन मात्रै मुस्किलले मजदुरी गर्न पाईने र त्यही पैसाले घर खर्च चलाउन मुस्किल भै रहेको थियो एउटा निर्माण कम्पनीले नियमित काम दिन्छौ भने पछि डडेल्धुरा आएको २० वर्षीय सागर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो तराईमा दैनिक ६ सयमा मजदुरी गथ्र्यौ यता खानबस्न दिएर ७ सय रुपिँया दिएको छ ।

निर्माण कम्पनी मिनु जेभी,अमरगढी डडेल्धुराले ति मजदुरहरुलाई सडक कालोपत्रे गर्ने काममा लगाएको छ । काममा प्रयोग भएका मजदुरहरुको कामको प्रकृति अनुसार दैनिक ७ सय देखी १ हजारसम्मको ज्याला उपलब्ध गराईएको निर्माण व्यवसायी पदम भण्डारीले बताउनुभयो ।

डडेल्धुरा जिल्लामा मात्रै पछिल्लो समय विभिन्न निर्माण कम्पनी तथा अन्य क्षेत्रमा करिब ५ सयको हाराहारीमा तराईबाट आएका मजदुरहरु काम गरिरहेका छन् । तराईमा नियमित काम पाउन मुस्किल भएपछि डडेल्धुरासंगै पहाडी जिल्लाहरु बैतडी,डोटी,अछाम,बझाङसम्म तराईका मजदुरहरु रोजगारीका पुग्ने गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन