डडेल्धुरामा शुक्रबार राती ११ जना जुवाडे पक्राउ

Image

डडेल्धुरा : डडेल्धुरा प्रहरीले शुक्रबार राती ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराती ८ बजे अमरगढी नगरपालिका वडा न‌ ५ मा रहेको मनोज सिजापतीको खाली घरमा जुवा खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलले उक्त ठाउँमा गई छापा मार्दा ११ जना जुवाडेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाढी बढाईएको प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन