बझाङ: गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन्। बझाङको थलारा गाउँपालिका–२ बगडाका स्थानीयवासी नरबहादुर खड्काले धान काटेर गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रनेमा चिन्तित छन । स्थानीय व्यापारी मानबहादुर ओलीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको दुखेसाे गरे।
यस्तै साल्ट ट्रेडिङ कम्पनी वितरण केन्द्रका टेकबहादुर बोहराले धनगढीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताए। बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लामा मल नआएको उल्लेख गरे। बझाङमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ।
प्रतिक्रिया जनाउनुहाेस्