सुदुरपश्चिम प्रदेशका सभामुख थापालाई खप्तडछान्नामा १० केजीको माला लगाएर सम्मान

बझाङ : सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई बडाकोट र बयानाबासीले १० केजीको माला लगाएर सम्मान गरेका छन् । खप्तडछान्ना गाउँपालीका वडा नम्बर ६ बयानाको कोटिखेत माध्यमिक विद्यालयमा गरिएको कार्यक्रम सभामुख अर्जुन बहादुर थापालाई १० केजीको माला लगाएर सम्मान गरिएको हो ।

त्यहाँको विकासलाई तिव्रता दिएको भन्दै बडाकोट र बयानाका बासिले उच्च सम्मान गरेको स्थानीय प्रकाश थापाले बताए . कार्यक्रम बोल्दै सभामुख थापा आफ्नै जिल्लाबासीका कारण आफू संघीय सरकारमा सहभागी भएको बताएका छन् ।सभामुख थापाले कार्यक्रममा खप्तडलाई पर्यटकिय हब बनाउने बताएका छन् । उनले देशका ७ वटै प्रदेशका मन्त्रीहरुलाई खप्तडमा उभ्याउने आफ्नो योजना रहेकोमा कोरोनाका कारण रोकिएको बताए ।

Bungal Purai
Bithadchir 2
Loading...