मलाई बेपत्ता पारिएको छैन, संचारमाध्यमले झुटो समाचार लेख्यो : सभापति कुवँर

Image

बझाङ: त्रिवेणी आदर्श बहुमुखि क्याम्पसका स्ववियु सभापति जय कुवँरले आफु बेपत्ता पारिएको भन्ने समाचार झुटो भयको बताएका छन । बिभिन्न संचारमाध्यममा अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियु) का केन्द्रिय संयोजक ऎन महरलाई बझाङमा अनेरास्ववियुकै कार्यकर्ताहरुले कालो झण्डा देखाएको र वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य नमेश कुवर, त्रिवेणि बहुमुखी क्याम्पसका स्ववियु सभापति जयबहादुर कुवर र सचीव मिलन ताम्राकारलाई बेपत्ता पारिएको भन्ने समाचार झुटो भयको बताएका छन ।बिहिबार अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महर नेपाल कम्युनिष्ट पार्टी नेकपा बुङगल नगररपालिका ५नं वडा संगठन कमिटिको विजया दशमि, शुभदिपावलि तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन बुङगल नगरपालिकाको बिजगडा पुगेका थिए ।

बेपत्ता पारिएको समाचार आए पछि हामीले स्ववियु सभापति जयकुँवरलाई टेलिफोन सम्पर्क गरेर बिभिन्न संचार माध्यममा तपाई लगायत चार जना बेपत्ता पारिएको समाचार आएको छ नि ? भन्ने हाम्रो प्रश्नमा सभापति कुवँरले संचारमाध्यमहरुले झुटो खबर फैलाएको बताए ।

बझाङमा अनेरास्ववियु संगठन विस्तार गर्दा हाम्रो असन्तुष्टि पक्कै हो । आज त्रिवेणी आदर्श क्याम्पसको सभा हलमा कार्यक्रम चलिरहेको थियो । केहि साथीहरुले संयोजक महरका विरुद्धमा नाराबाजी गरेकै हुन । तर संचारमाध्यममा आए जस्तो कालो झण्डा देखाएको र बेपत्ता पारिएको भन्ने समाचार झुटो हो । म अहिले घरमै छु । कस्ले यस्तो झुटो खबर सुनायो म अचम्म परेको छु ।

असन्तुष्ट पक्षले संयोजक ऐन महरले संगठनमा लामो समय काम गरेका, सिनियर बिद्यार्थि नेता लाई लत्याएर आफन्त नातागोता लाई संगठनको जिम्मेवारी दिइएको आरोप लगाएका छन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन