बझाङ: जयपृथ्वी नगरपालिका वडा नं ४ का वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा वडाध्यक्ष गगन खाती सहितका १० जनालाई जुवा खेलिरहेको अवस्थामा ७० हजार नगद पक्राउ गरिएको बझाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायत दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्