थलरा गाउँपालिकामा न्यायिक समितिको प्रभावकारिताका लागि एक दिने कार्यक्रम सम्पन्न 

बझाङ : जिल्लाको थलरा गाउँपालिकामा न्यायिक समितिको प्रभावकारिताका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार राष्ट्रिय दलित नेटवर्क (आर डि एन ) नेपालको आयोजना , समावेशी फाउन्डेसनको सहकार्यमा र( यु एन डि पि )को सहयोगमा न्यायिक समितिको प्रवाभकारिताका लागि न्यायिक समिति वडा अध्यक्ष र न्यायिक समाजका प्रतिनिधिहरु विच अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कर्यक्रममा न्यायिक समितिको प्रभावकारिताका लागि स्थानीय तहमा न्यायिक समितिको भुमिका अौचित्य र त्यसका लागि जनप्रतिनिधि न्यायिक समिति र नागरिक समाजले खेल्नु पर्ने भुमिका र न्यायिक समितिले काम गर्दा भएको अप्ठ्यारोका बारेमा छलफल गरेको आर डि एन नेपालका केन्द्रीय सदस्य एवं थलरा गाउपालिका कार्यपालिका सदस्य स्याम सुनारले जानकारी दिए ।
त्यस्तै न्यायिक समितिले न्याय सम्बन्धि संबैधानिक प्रबधान र त्यसको कार्यान्वयनको प्रतिबद्धताको समेत गरेका छन् ।

Bungal Purai
Bithadchir 2
Loading...