दशैंका लागि सदरमुकाम चैनपुर ल्याइएका २३ वटा भेडा मरे

बझाङ : दशैंमा बिक्री वितरणका लागि सदरमुकाम चैनपुर ल्याइएका २३ वटा भेडा मरेका छन् । जयपृथ्वी नगरपालिका ११ धामीलेकका मदन कुमार जोशीले थलाराबाट खरिद गरि ल्याएका २१ वटा भेडा चैनपुर बजारको एक मंगलबार पसलभित्र मरेका हुन् भने दुई भेडा धामीलेक लैजादै गर्दा बाटोमा मरेका हुन् ।

जोशीले दशैंमा बिक्री वितरण गर्नकै लागि थलारा हुँदै ४२ वटा भेडाबाख्रा ल्याएकोमा दुई वटा बिक्री भइसकेको, २३ मरेको र बाँकी १७ वटा जिवित रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भेडा के कारणले मरे भन्ने यकिन गर्न नसकिए पनि हावापानीको कारण हुनसक्ने आशंका गरिएको छ।

janahit ma jari sandesh
Masta R.M
Loading...