बझाङका युवक ब्राउन सुगरसहित धनगढीबाट पक्राउ

Image

बझाङ:-कैलालीको धनगढी उप-महानगरपालिकाबाट लागू औषध ब्राउन सुगर सहित बझाङका एक युवक लाई प्रहरीले पक्राउ गरेको छ । धनगढीको वडा नम्बर ४ बाट १५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँमा बस्दै आएका चन्द्रशेखर शाहीलाई पक्राउ गरिएको हो ।

शाहीको साथबाट ब्राउनसुगरसहित एकएक टयाब्लेट र एक मोबाईल समेत बरामद गरेको डिएसपी विष्टले बताए। उनको स्थायी ठेगाना बझाङको जयपृथ्वी नगरपालिकाका भएको बताइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

शाहीविरुद्ध लागुऔषधमा मुद्दा दर्ता थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन