बुङगल नगरपालिकाकाे खिरातडी स्वास्थ्य चाैकीकाे स्तराेन्नति हुने, १५ सैयाकाे अस्पताल बन्दै

बझाङ–  बझाङका ४ सहित सुदुरपश्चिमका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नती हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार सुदुरपश्चिमका ९ जिल्लाका ४४ वटा स्वास्थ्य चाैकीकाे स्तराेन्नति गरिने भएकाे हाे । बझाङकाे बुङगल नगरपालिकाकाे खिरातडी स्वास्थ्य चाैकी खप्तडछान्ना गााउपालिकाकाे छान्ना स्वास्थ्य चाैकी साईपाल गाँउपालिकाकाे काँडा स्वास्थ्य चाैकी र छविसपाथीभेरा गाँउपालिकाकाे चाैघनपाटा स्वास्थ्य चाैकीकाे स्तरोन्नती हुने भएको हो। बुङगल नगरपालिकाकाे खिरातडी स्वास्थ्य चाैकी १५ सैयाकाे अस्पताल निर्माणका लागि र छबीस पाथिभेरा गाउँपालिकाको चाैघनपाटा स्वास्थ्य चौकी, खप्तडछान्नाकाे छान्ना स्वास्थ्य चौकी, सैपालको काँडा स्वास्थ्य चौकीमा १० सैयाकाे अस्पताल निर्माण हुने भएकाे छ ।

बझाङका ४, कैलालीका ४, अछाममा ४, डोटीका ६, बाजुराका ७, कञ्चनपुरका ६,  बैतडीका ६,  डडेल्धुरामा २ र दार्चुलामा ५ गरी सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नती हुने भएको हो।मन्त्रालयले स्थानीय तहमा पाँच शैयाको अस्पतालको भवन निर्माणका लागि ७० लाख, १० शैयाको अस्पतालको भवन निर्माणका लागि ८५ लाख र १५ शैया अस्पतालको भवन निर्माणका लागि एक करोड रकम निकासा गरेको जनाएको छ।

janahit ma jari sandesh
Masta R.M
Loading...