बझाङको श्रीमान, ससुराले बलात्कार र यातना दिएको घटना प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

बझाङ: आफ्नै श्रीमान, ससुरा र निजहरुकै सहयोगमा अन्य व्यक्तीहरु विगत दुई बरष देखि पटक पटक बलात्कार र यातना दिएको घटना प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भयको जनाएको छ । बुङगल नगरपालीका वडा नं ४ माईति घर भयकी बित्थडचिर गाँउपालाकाकी गायत्री (नाम परिवर्तन) लाई दुई बर्ष देखि श्रीमान, ससुरा लगायतका परिवारका सदस्यहरुले यातना पनि दिदै आएका थिए । सोमवार एक विज्ञप्ति जारी गर्दै आयोगको सुदुरपश्चिम प्रदेश कार्यालयले बलात्कार पछि पिडीत महिलाको शारारिक तथा मानसिक स्वास्थ्य नाजुक भयको भन्दै आयोगको ध्यानाकर्षण भयको जनाएको छ । घटनाको अनुगमन भईरहेको र घटनाको अनुसन्धान र स्वास्थ्य अवस्था बारे आयोगलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रसासन कार्यालय र जिल्ला अस्पताल बझाङलाई पत्राचार समेत गरि सकेको कार्यालय प्रमुख झंकर बहादुर रावल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गराएको छ ।

पछिल्लो समयमा देश भरि तथा सुदुरपश्चिम प्रदेशका विभिन्नस्थानमा भयको श्रृङखलावद्द बलात्कार, बलात्कार पछि हत्या तथा यौन हिसाका घटना बढनुले महिलाहरुले स्वतन्त्र भय रहित र मर्यादित रुपमा बाच्न पाउने तथा जिवनयापन गर्न पाउने संविनधान प्रदस्त अधिकारको हनन भएको आयोगको ठहर छ ।
आयोगले यस्ता घटनामा कमि नआउनु चिन्ताजनक भयको भन्दै घटाना दोहोरिन नदिन घटनामा संलग्नलाई सिघ्र कानुनी दायरमा ल्याई आवश्यक अनुसन्धान गर्न र पिडितको शारारिक तथा मानसिक स्वास्थ्य अवस्थाको परिक्षण गरि निशुल्क उपचारको प्रवन्ध गर्न नेपाल सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...