म पुरुष हु… सजिलो कहाँ छ र हजुर पुरुष भएर बाच्न

Image
फोटो रोहित बोहरा

म पुरुष हु……
सजिलो कहाँ छ र हजुर
पुरुष भएर बाच्न पनि यहाँ
तिमि त नारी हौं रुन सक्छौं अरुको अगाडी धित मारुनजेल म त पुरुष हु
रुन पनि एकान्त खोज्नु पर्छ
तिमिले त केही हद सम्म
जिम्मेवारी बहन गरेकी छौँ

तर ए हजुर कर्तव्य र जिम्मेवारीमा आकाश
पतालको अनि धेरै दुरिको फरक छ सायद!!!
यहाँ म मनका पिडालाई सबैको सामु खुलेआम ओकल्ने सहास राख्दिन
कोहि नजिकको र खास मित्रको आबश्यकता पर्छ
सहारा अनि त्यो हानीकारक सराबको पनि

मलाई पनि सबैको सामु चिच्याउने मन छ रुने मन छ
आफ्ना कयौं समस्या पिडा खुलेर भन्ने मन छ तर
विवश छु परिवारको कारण यदि म नै कमजोर भए भने परिवारको हाल के होला भन्ने डरले कयौं रात मुटु पोलि रहन्छ
परिवार आफन्त इस्टमित्र शुभ चिन्तक सबैलाई
मध्य नजर गर्दै मेरा छालरुपि नेत्रजलको कयौं
पटक मैले हत्या गरेको छु
नेत्रजलको हत्यागर्ने मैले प्राय एकान्त खोज्नु पर्छ !!!

                                                             रोहित बोहरा

बुंगल नगरपालिका ११ बझाङ ‌

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन