लिखित, माैखिक दुबै परिक्षा लिईयाे: माैखिककाे नतिजा प्नकासन नगरी विज्ञापन स्थगित गरियाे

Image

बझाङ: बुङगल नगरपालिकामा स्वास्थ्य तर्फको परिक्षा नाटकिय ढंगले स्थगित भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै असोज १४ गते लिएको स्वास्थ्य तर्फकाे हेल्थ असिस्टेन्ट, अहेव, स्टाप नर्स र अनमीकाे मौखिक परिक्षा समेत लिई नतिजा प्रकासन नगरेरै स्थगित भएकाे छ ।  नगरपालिकाले भदौ १६ गते १५ दिने सुचना जारी गर्दै हेल्थ असिस्टेन्ट २ जना, अहेव ४ स्टाफ नर्स १ र अनमी १ को लागी विज्ञापन गरेको थियो । नगरपािलकाले असोज १४ गते साे पदका लागी लिखित र मौखिक परिक्षा लिएको थियो । लिखितको नतिजा प्रकासन गरे पछि तत्कालै लिईएको मौखिकको परिक्षाकाे नतिजा भने प्रकासित गर्न सकेन ।

निष्पक्षता नभएको भन्दै केहि परिक्षार्थीले छानविन गर्न निवेदन दिए पछि छानविन नभए सम्मका लागी स्थगित गरेको जनाएको छ । नतिजा प्रकासन गर्न नसकेपछि अनेकौँ आशंका गरिएको छ । विहिबार एक सुचना जारी गर्दे विज्ञापन स्थगित भएको जनाएको हो । यस विषयमा हामीले बुङगल नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भरत रोकाया संग बुझ्दा परिक्षाका विषयमा छानविन गर्न निवेदन दिएका कारण स्थगित भएको बताएका छन । उनले भने हामीले सबै पदका लागी लिखित र मौखिक परिक्षा लिएका हौ । परिक्षामा निष्पक्षता नभएको भन्दै निवेदन परे पछि छानविन गर्न विज्ञापन स्थगित गरिएको हो ।

मौखिकको नतिजा तयार भएको र बुधबार अबेर सम्म नतिजाको पर्खाईमा बसेका परिक्षार्थीहरु निरास भएर घर फर्केका थिए । सोहि दिन नतिजा तयार भएर पनि प्रकासित नहुनु ले कर्मचारी भर्नामा जनप्रतिनिधिको भागवण्डा नमिलेर रोकीएको प्रष्ट हुन्छ । स्वास्थ्य तर्फको खोलिएको यो विज्ञापन विगतमा २ चोटी रद्ध भएको थियो ।

छानविनका लागी क कस्ले कहिले निवेदन दर्ता गराए भनेर बुझ्न खोज्दा कार्यालयमा कुनै प्रमाण भेटिएन । दर्ता चलानीमा पनि १५ गते ३ वटा फार्मेसिले सुची दर्ता गर्ने सम्बन्धका निवेदन दर्ता भएका छन । प्रमाण नभेटिए पछि कार्यकारीले झुटो बोलेको प्रष्ट हुन्छ । हामीले निवेदन परेको छ छैन भनेर बुझ्दा उनले स्वास्थ्य शाखामा होला भनेर पन्छाए । मौखिकको नतिजा तयार भएको र बुधबार अबेर सम्म नतिजाको पर्खाईमा बसेका परिक्षार्थीहरु निरास भएर घर फर्केका थिए । सोहि दिन नतिजा तयार भएर पनि प्रकासित नहुनु ले कर्मचारी भर्नामा जनप्रतिनिधिको भागवण्डा नमिलेर रोकीएको प्रष्ट हुन्छ । स्वास्थ्य तर्फको खोलिएको यो विज्ञापन विगतमा २ चोटी रद्ध भएको थियो । तेस्रो चोटी खोलिएको विज्ञापनमा पनि कर्मचारी र जनप्रतिनिधिको कुरा बाझिदा नतिजा प्रकासन हुन नसकेको र स्थगित भएको देखिन्छ ।

जनप्रतिनिधि र कर्मचारी विच कस्का मान्छे कति राख्ने भन्ने विषयमा कुरा नमिल्दा विज्ञापन स्थगित भएको नेकपा बुङगल नगरकमिटिका अध्यक्ष हेमन्तराज जोशीले बताए । उनले भने अहिले सम्मका विज्ञापनमा कुनै अवरोध नहुनु र अहिले मौखिकको परिक्षा नाटकिए ढंगले स्थगित हुनुले शंका गर्ने ठाँउ रहेको उनको भनाई छ । कर्मचारी भर्नामा पैसाको चलखेल हुने गरेको र आफ्ना नजिकका मान्छे भर्ना गर्ने बाताबरण नहुँदा यस्तो भएको हो । यस अघि पनि नगरप्रमुख धन बहादुर विष्टले प्रक्रिया मिचेर कर्मचारी भर्ना गर्ने गरेको र कर्मचारी असन्तुष्ट देखिएका थिए ।

नगरप्रमुखले कर्मचारी भर्नाका बेला पनि मनोमानी ढंगले आफ्ना नजिकका मान्छे भर्ना गर्ने गरेका छन । एकलौटी हिसाबले आफ्ना मान्छेको नाम निकाल्न खोज्दा कर्मचारी र नगरप्रमुखको किचलोका कारण विज्ञापन स्थगित गरिएको जोशीले बताए । उनले भने नगरप्रमुखले नाम निकाल्न चाहेका व्यक्तिहरुको गोप्य लिष्ट हामी संग पुगेको छ । नगरप्रमुखले भनेका मान्छे निकाल्ने अबस्था नआए पछि कर्मचारीलाई विज्ञापन स्थगित गर्न दवाव दिएको देखिन्छ । काँग्रेस भित्रका नेताहरुको भागवण्डामा पनि कुरो नमिलेका कारण नगरपालिकाले कर्मचारी पाउन सकेका छैनन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन