बझाङ: बझाङ सहित सुदूरपश्चिमका तीन विमानस्थलमा १७ गते एकै दिन परीक्षण उडान हुन भएको छ । बझाङ सहित बैतडी, र डोटीमा पनि सोही दिन परीक्षण उडान हुने प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले बताइन् ।
कालोपत्रे भएर हस्तान्तरण भएपछि पहिलो पटक परीक्षण उडान हुन लागेको हो । परिक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराई, बझाङका प्रतिनिधिसभा सदस्यहरू भैरबहादुर सिंह, आशा बिक, संविधानसभा सदस्य अफिलाल ओखेडा लगायत बझाङ आउने जनाइएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्