बझाङका थप १७ जनमा कोरोना संक्रमण पुष्टि

बझाङ : बझाङका थप १७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो। योसँगै बझाङमा कोरोना संक्रमितको संख्या ५ सय ३० पुगेको छ । यस्तै सक्रिय संक्रमितको भने संख्या १०४ रहेको छ । ४ सय २६ जना निको भएर घर फर्किसकेका छन् ।पछिल्लो २४ घण्टामा दुई सय ५३ जनाको कोरोना परीक्षण गरिएको खड्काले जानकारी दिए।

Loading...