थलारा गाँउपालिकामा बँदेल आतंक, पाकेको अन्नबाली सखाप पारे पछि किसान चिन्तित

थलारा : जंगली बदेलले अन्नबाली नष्ट गर्न थालेपछि थलारा गाउँपालिका- ५ खुलमका कृषक चिन्तित बनेका छन्। खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बदेलले राति किसानको खेतबारीमा आएर पाकेको धान र कोदो बाली नष्ट गर्न थालेपछि यहाँका कृषक चिन्तत बनेका हुन् । स्थानीय बिष्णु जोशीका अनुसार हरेक वर्ष खप्तड राष्ट्रिय निकुञ्जबाट आउने बदेलले वडा नम्बर ५ का खुलम र भिडिगाउँमा ठूलो क्षति पुर्‍याउने गर्दछन् । मेहनत गरेर लगाइएको अन्नबाली वन्यजन्तुले नष्ट गरेपछि स्थानीयहरु अब के खाने भन्ने चिन्तित बनेका छन् ।

जंगली बदेलले राति आएर तहसनहस गर्न थालेपछि किसानहरू पाल टाँगेर खेतमै पहरा बनाएर बस्न थालेका छन् । हरेक वर्ष खप्तड राष्ट्रिय निकुञ् बाट आउने बदेलको झुण्डले निकुञ्ज आसपासका कोइरालाकोट, खडितोला, बिस्खेत, घोडादाउना लगायतका स्थानमा क्षति गर्दै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन