बुङगलमा जेसीबी दुर्घटना हुँदा एक जनाको ज्यान गयो, तीन जना घाइते

बुंगल : बझाङको बुंगल नगरपालिकाकाे १ दहबगरमा जेसीवी दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने तीन जना घाईते भएका छन ।  आइतबार राति १२:३० बजे भएकाे जेसीबी दुर्घटनामा परि  बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहराकाे मृत्यु भएकाे हाे । मृतक बाेहरा महेन्द्र मा‍वि दहबगरकाे प्राथमिक तहका स्थायी शिक्षक हुन । त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएकाे छ । नगरपालिकाको वडा १ दहबगर किर्केट मैदान नजिक सडकमा फसेको जिप निकाल्न गएको र फसेकाे जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राती करिब १२:३० बजे लु १ क १२७८ नम्बर्को जेसिबी सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताए । घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामी टोली खटिएको छ

janahit ma jari sandesh
Masta R.M
Loading...