नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङमा लागेको ताला अझै खुलेन

बझाङ: नेपाल पत्रकार महासंघमा तालबन्दी भएको ३ दिन भइसक्दा पनी ताला खुलेको छैन् । गैर पत्रकार र राजनितिक दलका कार्यकर्ताहरुलाई नेपाल पत्रकार महासंघको सदस्यताका लागी सिफारिस गरेको भन्दै प्रेस संगठन नेपालले भाद्र ३० गते तालाबन्दी गरेको थियो । गैरपत्रकार र निष्क्रिय पत्रकारहरुको साधारण सदस्यता समेत नरहने गरी खारेजीको माग गर्दै आएको प्रेस संगठनले आफ्नो माग पुरा नभएको भन्दै तालावन्दी गरेको थियो ।

तलाबन्दी भएको तीन भइ सक्दा पनि नेपाल पत्रकार महासंघले ताला खोल्न कुनै पहल गरेको छैन् । नेपा पत्रकार महासंघका अध्यक्ष जगदिश रोकाया र सचिव शैलेन्द्र रोकायाले आफुखुसी गैर प्रकारहरुलाई नयाँ सदस्यका लागी सिफारिस गरेको थियो । उक्त सदस्यका लागी सिफारिस गरिएका गैरपत्रकारहरुको सिफारिस रोक्ने र विगतदेखी नै नेपाल पत्रकारको सदस्य रहेका गैर तथा निष्क्रिय पत्रकारहरुलाई महासंघबाट हटाउनु पर्ने प्रेस संगठनले माग राखेको थियो । तर यता पत्रकार महासंघ बझाङका अध्यक्ष र सचिवले भने रवाफको शैलीमा नेपाल पत्रकार सहासंघका कार्यसमितिका अन्य पत्रकारहरुसंग कुनै समन्वय नै नगरी एकलौटीरुपमा सदस्यता सिफारिस गरिरहेका छन् ।

प्रेस संगठन नेपाल बझाङले आफ्ना गलत निर्णय नसच्याएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएको छ । नेपाल पत्रकार महासंघमा रहेका गैर पत्रकार र राजनितिक दलका प्रतिनिधीलाई पत्रकारको सदस्यता दिदै आएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । तर यता नेपाल पत्रकार महासंघले भने सवै बिषयको टुङ्गो लागेको बताएको छ । आज बसेको बैठकबाट चार जनालाई थपेर ४० जनाको सिफारिस गर्ने महासंघका सचिव शैलेन्द्र रोकायाले बताउनु भयो । महासंघमा लागेको ताला खोल्नका लागी शुक्रबार बैठक बसेर बार्तामार्फत टुङ्याइने रोकायाले बताउनु भयो ।

Loading...