सानीगाड हाइड्रोको सुरुङले पानिको मुहान सुकायो, स्थानीय दुषित खोलाको पानी पिउदै

बझाङ – जिल्लाको बुङ्गल नगरलालिका वडा नम्बर ६ पारिबगर गाउँमा खानेपानीको समस्या भएको छ । सानीगाड हाइड्रोले सुरुङ खनेपछि पारिबगर गाउँका करिब २२ घरधुरीले प्रयोग गर्दै आएका खानेपानीका मुहान सुकेका स्थानिय रोसन बोहराले बताउनुभयो ।

स्थानीय बोहराका अनुसार पहिले गाउँमा खानेपानी धेरै धारा भए पनि अहिले सुरुङ खानेपछि सबै धारामा पानी आउन छोडेको छ । गाउँका धारा सुकेपछि स्थानीयहरु खोलाको दुषित पानी पिउन बाध्य भएका छन् ।

कलङ्गा हाइड्रो प्राली र सानिगाड हाइड्रो प्रालीले बुङगलका विभिन्न भागमा भौतिक संरचना निर्माण गर्दा तथा सुरङ खन्दा पानिका मुहान सुके पछि खानेपानी र सिचाईँको लागि समस्या हुँदै आएको छ ।

Loading...