बझाङमा अटो दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु , एक बालक बेपत्ता

Image

बझाङ- बझाङकाे बुङ्गल नगरपालिका- १० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस्तै एक बालक बेपत्ता भएका छन् ।

टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो साेमबार बिहान करिब १०ः२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी करिब ३५ वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र छ वर्षीया डल्ली महराको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो चालक तथा अन्य सवार व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको जनाइएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा थप प्रहरी टोलीसमेत घटनास्थलतर्फ खटाइएको प्रहरी नायब उपरीक्षक टेक जोराले बताउनुभयो ।

हाल बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन