बझाङ – बझाङ र दार्चुलाको सीमावर्ती क्षेत्रमा रहेको श्री पुरमचुली सिद्धनाथ धार्मिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति गठनका लागि आगामी फागुन महिनामा साधारणसभा आयोजना गरिने भएको छ ।
बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ र ८ तथा दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ को सिमानामा रहेको पुरमचुली सिद्धनाथ धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यसमिति गठन गर्न लागिएको हो ।
समूहको मूल कार्यसमितिको कार्यावधि समाप्त भएकाले नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ । यसका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी सात सदस्यीय संयोजक समिति गठन गरिएको छ ।
गठित संयोजक समितिमा बल्देव सिंह ठगुन्ना, जगत सिंह ठगुन्ना, रगविर ठगुन्ना, शिवराज बोहरा, किस्ने धामी, हर्क सिंह धामी र धनिराम जोशी रहेका छन् ।
आगामी फागुन महिनामा साधारणसभा आयोजना गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिएको दुर्गा आधारभूत विद्यालय, बुंगल नगरपालिका–७ का प्रधानाध्यापक नरेन्द्रबहादुर धामीले बताउनुभयो ।
























