बझाङमा जिप दुर्घटना , दुई जनाको मृत्यु, छ जना घाइते

Image

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । भानचौरबाट काँडाचौरतर्फ गइरहेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप मङ्गलबार बिहान करिब ९ः१० बजे भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक -डीएसपी) टेक जोराले बताउनुभयो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी तथा दुर्गाथली गाउँपालिका–६ का ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन् । प्रहरीका अनुसार ब्रेक फेल भएपछि अनियन्त्रित भएको जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थलमा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो । जिपमा सवार यात्रुको विवरण सङ्कलन तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सवार अन्य सात जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा ११ जना प्रहरी घटनास्थलतर्फ खटिएको थियो । जिपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ । उक्त जिप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले जनाएका छन् । सुरेश धामी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन