बझाङ ; बुङ्गल नगरपालिका–६ बडीज्यावनकी ४२ वर्षीया मन्दा देवी बोहरा हाल ललितपुर स्थित नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा उपचाररत हुनुहुन्छ । चिकित्सकले गरेको एम.आर.आई परीक्षणको रिपोर्ट अनुसार उहाँको मुखको बायाँ भागमा करिब ११.५ सेन्टिमिटरको क्यान्सर देखिएको र घाँटीको केही भागमा समेत संक्रमण फैलिएका उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ,
थप परीक्षण तथा विशेषज्ञ चिकित्सक बाट उपचार आवश्यक रहेको र उपचारका लागि ठूलो रकम खर्च हुने भएपछि परिवारलाई आर्थिक व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था कमजोर रहेकाले नियमित उपचारका लागि आवश्यक रकम जुटाउन समस्या भएको परिवारले जनाएको छ । मन्दा देवी बोहराको उपचारमा सहयोग पुर्याउन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ, समाजसेवी तथा सहयोगी मनहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक सहयोग गरिदिन परिवारले हार्दिक अपिल गरेको छ ।
नेपालमा सहयोगका लागिः
खाता वाला उहाँको श्रीमानको नामः तारा बोहरा
खाता नं. ०८२६५०१६३२३२००१४ कृर्षि विकास बैंक
फोनपे तथा क्यूआरमार्फत समेत सहयोग गर्न सकिने परिवारले जनाएको छ । सानो सहयोगले पनि उपचाररत मन्दा देवी बोहराको जीवन बचाउने अभियानमा ठूलो योगदान पुग्ने भएकाले सहयोगका लागि परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ ।


























