बझाङकि अनिशा धामीको खाेटाङमा रहस्यमय मृत्यु , दोषीमाथि छानबिन गरि कारबाहीकाे माग

Image

बझाङ जिल्लाको केदारस्यू गाउँपालिका–७, जसुडाकी अनिशा धामीको खोटाङमा अस्पताल ड्युटीकै क्रममा मृत्यु भएको खबर सार्वजनिक भएपछि परिवार, आफन्त तथा स्थानीयवासीमा शोक र आक्रोश फैलिएको छ।घटनाबारे विभिन्न माध्यमबाट हत्या भएको आशंका व्यक्त गरिए पनि सम्बन्धित निकायबाट आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

यद्यपि घटनाको सत्यतथ्य बाहिर ल्याउन र निष्पक्ष छानबिन गर्न स्थानीयवासी तथा सरोकारवालाहरूले माग गरेका छन्।परिवारजन र स्थानीयवासीले अस्पतालमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी युवतीको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिँदै सत्य तथ्य सार्वजनिक गर्न, दोषी भए कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सरकार र सुरक्षा निकायसँग आग्रह गरेका छन्।

उनीहरूले घटनाको छिटो, निष्पक्ष र गहिरो अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन्। साथै कुनै पनि प्रमाण लुकाउने, दोषीलाई जोगाउने वा घटनालाई दबाउने प्रयास हुन नहुनेमा जोड दिएका छन्।घटनाबारे थप विवरण आउन बाँकी रहेको र सम्बन्धित निकायको आधिकारिक अनुसन्धान प्रतिवेदनपछि मात्रै वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन