बझाङ, वैशाख १९— सूचना प्रविधि दिवस–२०८३ को अवसरमा बझाङमा ‘Workshop for Al’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (CAN Federation) को आयोजनामा होटल माउन्ट भ्युमा कार्यक्रम आयोजना गरिएको हो। “डिजिटल बझाङको आधार: सूचना प्रविधि र संवाद” भन्ने नारासहित आयोजित उक्त कार्यशालामा सूचना प्रविधिको विकास, डिजिटल साक्षरता अभिवृद्धि तथा प्रविधिमैत्री समाज निर्माणका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सूचना प्रविधिसम्बन्धी विभिन्न विषयमा प्रस्तुति दिइनुका साथै सहभागीहरूबीच अनुभव आदान–प्रदान गरिएको थियो। विशेषगरी युवा, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यशालामा सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय स्तरमा डिजिटल पहुँच विस्तार गर्न तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। क्यानका अध्यक्ष कटक सिहं धामिका अनुसार कार्यक्रमले बझाङमा डिजिटल रूपान्तरणको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बझाङमा सूचना प्रविधि दिवसको अवसरमा ‘वर्कसप फर एआई’ सम्बन्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











