कर्ण धामी बझाङ – बुङलमा जारी मेयर कप U-19 पुरुष क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत आज एकै दिन चार खेल सम्पन्न भएका छन्। जिल्लास्तरीय टोली छनोट गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन भइरहेको छ। आज सम्पन्न पहिलो खेलमा जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ रोजेको थलाराले ११३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य जयपृथ्वी नगरपालिकाले सहजै पूरा गर्दै जित हात पारेको छ। दोस्रो खेलमा दुर्गाथाली गाउँपालिका र मस्टा गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो। दुर्गाथालीले टस जितेर पहिले ब्याटिङ गर्दै १४५ रन बनाएको थियो। जवाफमा मस्टा गाउँपालिका ७४ रनमै समेटिएपछि दुर्गाथाली विजयी भएको हो। त्यसैगरी, तेस्रो खेल केदारस्युँ गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाबीच भएको थियो। केदारस्युँले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा खप्तडछान्ना गाउँपालिका ७० रनमै अलआउट हुँदा केदारस्युँले जित दर्ता गराएको छ। आजकै अन्तिम खेलमा तलकोट गाउँपालिका र बुङल नगरपालिकाबीच रोमाञ्चक प्रतिस्पर्धा भयो। टस जितेर फिल्डिङ रोजेको तलकोटविरुद्ध बुङलले १४१ रन बनाएको थियो। जवाफमा तलकोट गाउँपालिकाले १९ ओभरमै लक्ष्य पूरा गर्दै रोमाञ्चक जित हासिल गरेको छ। प्रतियोगिताअन्तर्गत भोलि बिहान ७ बजे खप्तडछान्ना गाउँपालिका र बुङल नगरपालिका बीच खेल हुने तालिका रहेको बझाङ क्रिकेट संघका अध्यक्ष प्रबिन्द्र धामीले जानकारी दिनुभएको छ।
बुङलमा मेयर कप U-19 क्रिकेट : एकै दिन चार खेल सम्पन्न, रोमाञ्चक प्रतिस्पर्धा हुँदै

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन










