केदारस्यु गाउँपालिका र जयपृथ्वी नगरपालिकाको समन्वयमा, दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “बाल समृद्धिका र एकीकृत विकासका लागि हातेमालो परियोजनाू अन्तर्गत विभिन्न स्थानमा महत्वपूर्ण अभिमुखीकरण तथा संवाद कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
केदारस्यु गाउँपालिका वडा नं। ८ मा बालबालिकाका लागि उपलब्ध स्वास्थ्य तथा पोषण सेवाबारे अभिभावक तथा हेरचाहकर्तालाई जानकारी प्रदान गरिएको थियो। उक्त कार्यक्रममा २६ जना अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी, केदारस्यु गाउँपालिका वडा नं। ६ भाटसैनमा बालबालिकाको स्वास्थ्य, सन्तुलित आहार तथा असल अभिभावकत्वसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा २८ जना सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए।
यस्तैगरी जय पृथ्वी नगरपालिका वडा नं। ८ मा पुरुष तथा केटाहरूलाई लक्षित गरी “सकारात्मक पुरुषत्व” सम्बन्धी संवाद कार्यक्रम आयोजना गरिएको थियो, जसमा २१ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागी विष्णुप्रसाद जोशीले यस अभिमुखीकरणले स्थानीय सरकार, नेपाल सरकार तथा स्वास्थ्य कार्यालयबाट उपलब्ध सेवासुविधाबारे थप जानकारी प्राप्त भएको बताए। त्यस्तै, धनबहादुर नेपालीका अनुसार सकारात्मक पुरुषत्वसम्बन्धी कार्यक्रमले पुरुष तथा युवाहरूमा महिलाप्रति सम्मानको भावना विकास गराउने र घरायसी तथा सामाजिक कार्यमा सहयोग गर्ने बानी बसाल्ने अपेक्षा गरिएको छ।
यी कार्यक्रमहरूले बालबालिकाको समग्र विकास, स्वस्थ जीवनशैली र लैङ्गिक समानतामा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको बताउनु भएको छ। कार्यक्रमको बारेमा कार्यक्रम संयोजक रमेश बहादुर मालीले जानकारी दिनुभएको छ।






















