सुदूरपश्चिम प्रदेशको कर्मचारी आन्दोलन तथा ट्रेड युनियन गतिविधिमा सक्रिय र प्रभावशाली व्यक्तित्वका रूपमा तेजेन्द्र बहादुर बिष्ट परिचित हुनुहुन्छ। बझाङ जिल्ला, बित्थडचिर गाउँपालिका–७ डुम्राकोट स्थायी घर भएका उहाँ हाल कैलालीको धनगढीमा बसोबास गर्दै आउनुभएको छ। उहाँ नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियामा कार्यरत रहँदै प्राधिकरणको सेवामा करिब एक दशकको अनुभव हासिल गर्न लाग्नुभएको छ।संघीय तथा संगठनात्मक यात्रामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका बिष्टले राष्ट्रिय कर्मचारी युनियनसँगको आबद्धतामा एकाइ समिति अध्यक्ष, प्रदेश कमिटी सदस्य, प्रदेश कमिटी सचिव तथा कार्यवाहक अध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्नुभएको छ। यिनै अनुभव, सक्रियता र संगठनप्रतिको समर्पणका आधारमा उहाँ हाल नेबिप्रा सुदूरपश्चिम राष्ट्रिय कर्मचारी युनियनको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

कुशल संगठनकर्ता र सुजबुझपूर्ण निर्णय लिन सक्ने नेतृत्व क्षमताका कारण बिष्ट ट्रेड युनियन क्षेत्रमा अब्बल र उदाहरणीय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। तल्लो तहका कर्मचारीदेखि व्यवस्थापन तहसम्म सन्तुलित सम्बन्ध कायम राख्न सक्ने उहाँको क्षमता विशेष रूपमा प्रशंसित छ। यही कारणले उहाँ वर्तमान समयका लोकप्रिय तथा उदाउँदा ट्रेड युनियनकर्मीका रूपमा स्थापित हुनुभएको छ।सानै उमेरदेखि राजनीतिक तथा सामाजिक क्रियाकलापमा सक्रिय बिष्ट साहित्यप्रेमी, खेलकुदप्रेमी र आकर्षक व्यक्तित्वका धनी हुनुहुन्छ। साथै, उहाँ कुशल तथा प्रखर वक्ताका रूपमा पनि परिचित हुनुहुन्छ। कर्मचारीबीच समन्वय, सहकार्य र आपसी सम्बन्ध सुदृढ बनाउन उहाँको भूमिका उल्लेखनीय मानिन्छ।अध्यक्ष पदमा निर्वाचित भएसँगै बिष्टले कर्मचारीहरूको हकहित संरक्षण, संगठनात्मक एकता सुदृढीकरण, पेशागत सम्मान र जिम्मेवार नेतृत्वमार्फत संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा संगठन थप व्यवस्थित, सक्रिय र कर्मचारीमैत्री ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।






















