नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन सुदूरपश्चिमको अध्यक्षमा बिष्ट चयन

Image

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशको १२ औँ प्रदेश अधिवेशन भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुखको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रदेशभरिका विभिन्न इकाइबाट प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई थप सशक्त, एकताबद्ध र कर्मचारीमैत्री बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट तेजेन्द्र बहादुर बिष्ट प्रदेश अध्यक्षमा निर्वाचित हुनुभएको छ। यस्तै, उपाध्यक्षमा शेर बहादुर बिक, सचिवमा लक्ष्मण दयाल, सहसचिवमा दिपेन्द्र बिसी तथा कोषाध्यक्षमा सन्तराम थारु चयन हुनुभएको छ।
नयाँ नेतृत्वसहित २१ सदस्यीय प्रदेश समिति गठन गरिएको छ। समितिले आगामी कार्यकालमा संगठनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिइएको छ।


अधिवेशनमा कर्मचारीका समस्या, हकहित, पेशागत सुरक्षा, संगठन सुदृढीकरणलगायत विषयमा व्यापक छलफल गरिएको थियो। साथै, केन्द्रीय महाधिवेशनका लागि १२ जना प्रतिनिधिहरू निर्वाचित भएका छन्, जसले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
नवनिर्वाचित अध्यक्ष तेजेन्द्र बहादुर बिष्टले आफ्नो कार्यकालमा कर्मचारीहरूको हकहित संरक्षण, पेशागत सम्मान, संगठनात्मक एकता र श्रमिकमैत्री नीति निर्माणका विषयमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप सक्रिय, जिम्मेवार र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन