बुंगल हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १ हजार ९६७ जनाले सेयर पाए

Image

बझाङ — बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको साधारण सेयर (IPO) को बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार बाँडफाँड भदौ ५ गते सम्पन्न भएको हो।

कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका १९६ जना आवेदकलाई १ लाख १० हजार ५६० कित्ता सेयर र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता सेयर वितरण गरिएको छ। यसरी गरी जम्मा १ हजार ९६७ जना आवेदकले सेयर प्राप्त गरेका छन्। बाँडफाँडमा नपरेका आवेदकको रकम सम्बन्धित बैंक खातामा फिर्ता गरिनेछ भने विवरण हिमालयन क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ।

बुंगल हाइड्रोपावरले जारी पुँजी ८३ करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो। यसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।

आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५०० कित्ता बुंगल नगरपालिका–६ (साविक पिपलकोट गा.वि.स.–४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स.–१) का स्थानीयलाई छुट्याइएको छ। त्यस्तै २ लाख ९० हजार ५०० कित्ता बुंगल नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दाले पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन