केदारस्युँ गाउँपालिकाले निर्माणाधीन अवस्थामा रहेको केदार डाँडास्थित केदार देवताको मन्दिरलाई ध्यानमा राख्दै यस वर्षको परम्परागत मेला स्थगन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको सूचना अनुसार २०८२ साल साउन २४ गते जनै पुर्णिामा देखि लाग्ने धार्मिक तथा सांस्कृतिक महत्वको मेला यसपालि नलाग्ने भएको हो। मन्दिर निर्माणको कामलाई ध्यानमा राख्दै भक्तजन तथा सर्वसाधारणमा जानकारी गराउन मेलासम्बन्धी सूचना सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।
तर, गाउँपालिकाको यो निर्णयप्रति स्थानीयवासीहरुले असन्तुष्टि जनाएका छन्। उनीहरूले परापूर्वकालदेखि हुँदै आएको परम्परागत धार्मिक मेला यसरी स्थगन गर्नु अनुचित भएको बताएका छन्। उनीहरूका अनुसार मेला केवल धार्मिक आस्थासँग मात्र नभई सामाजिक एकता, परम्परा र सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ।
स्थानीय तहको निर्णयप्रति चाँडै पुनर्विचार हुनुपर्ने माग गर्दै सामाजिक सञ्जालमा विरोध मसमेत गरेका छन्।
गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा मेलाको असुविधाप्रति क्षमासमेत माग गरिएको छ।

























